977-1-4700575, 9841178197 (President)

‘गाउँ पर्यटन दिवस’मा गोदावरीको देवीचौर विशेष 

गाउँ पर्यटन प्रवध्र्दन मञ्च (भिटोफ) नेपालले आफ्नो जन्मदिवस पारेर काठमाडौंबाट नजिकै रहेको ललितपुरको गोदावरी नगरपालिका-७ देवीचौरमा हाइकिङ तथा गन्तव्य पहिचान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रम निकै उपलब्धिमुलक भएको भिटोफ अध्यक्ष गोपाल थापा र स्थानीय जनप्रतिनिधी (वडा अध्यक्ष) मथुरा शर्माले उत्साहित हुँदै बताए । उनीहरुले दुवैले भने, ‘यो त सुरुवात मात्र हो, आगामी दिनमा हामी मिलेर सबैलाई समेटर थप प्रभावकारी कार्यक्रम गर्नेछौं । पर्यटनमार्फत देवीचौरलाई नमुना पर्यटकीय ठाउँ बनाउनेछौं ।’

देवीचौरको पर्यटन सम्भावना र बहुआयाममाथि नेपालनाम्चाले केही दिन नियमित सामाग्री प्रस्तुत गर्नेछ । अहिलेलाई भने देवीचौर यात्रामाथि जयनाथ भन्डारीकृत औपचारिक एवम् अनौपचारिक फोटाहरु ।