🌿 गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF-Nepal) र Discover Temi, South Sikkim, India बीच ग्रामीण पर्यटन विकास, होमस्टे प्रवर्द्धन तथा सांस्कृतिक आदान–प्रदानलाई सशक्त बनाउने उद्देश्यले विशेष अन्तरदेशीय कार्यक्रम आयोजना हुँदैछ।
यस महत्वपूर्ण कार्यक्रममा VITOF-Nepal का अध्यक्ष हरि शरण थपलिया, संस्थाका प्रथम उपाध्यक्ष मनहरी दाहाल तथा संस्थाका प्रमुख सल्लाहकार डा.आलोक प्रसाई को विशेष उपस्थिति रहने जानकारी गराइन्छ।
📍 कार्यक्रम स्थल: टेमी, दक्षिण सिक्किम, भारत
📅 मिति: १२–१५ जुन २०२६
यस कार्यक्रममा नेपाल र भारतका पर्यटनकर्मी, होमस्टे सञ्चालक, समुदाय प्रतिनिधि तथा पर्यटन विज्ञहरूबीच अनुभव आदान–प्रदान, सफल अभ्यासहरूको साझेदारी तथा दिगो ग्रामीण पर्यटन विकासका सम्भावनाहरूबारे छलफल गरिनेछ।
✅ होमस्टे तथा ग्रामीण पर्यटन विकास
✅ समुदायमा आधारित पर्यटन (CBT)
✅ सांस्कृतिक आदान–प्रदान कार्यक्रम
✅ दिगोपन, समावेशिता तथा स्थानीय जीविकोपार्जन सुदृढीकरण
✅ नेपाल–भारत पर्यटन सहकार्य विस्तार
🤝 दिगो ग्रामीण पर्यटन र साझा समृद्धिका लागि एक कदम अगाडि।
