गाउँ नै गाउँको देश नेपाल । नेपालका प्रत्येक गाउँ र ठाउँमा पर्यटन । र, पर्यटनमार्फत समग्र नेपालको विकास ।
‘नेपालमैत्री, पर्यटनमैत्री र विकासमैत्री उद्धेश्यसाथ स्थापित नेपालको पुरानो पर्यटन संंस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ)’, संस्थाका पूर्व अध्यक्ष शिव लामिछानेले भने । यही उद्धेश्य पुर्तिका लागि भिटोफले प्रा. डा. प्रेम शर्मा, रविजंग पाण्डे, दिपक दाहाल, शिवप्रसाद पौडेल, सरस्वती श्रेष्ठ र अशोक सिलवाललाई केन्द्रीय सल्लाहकार नियुक्त गरेको अध्यक्ष गोपाल थापाले बताए । सिलवाल नेपालनाम्चाका सम्पादक हुन् ।
सल्लाहकार नियुक्तिलगत्तै भिटोफले काठमाडौंको नयाँबजारस्थित होटल कर्णालीमा अन्तरकृया कार्यक्रमसमेत आयोजना गरेको थियो । अन्तरकृयामा संस्थाका पूर्व अध्यक्षहरु लामिछाने, कमल सापकोटा, चित्र गुरुङ, ध्रुव सिम्खडा, भिटोफ नेपाल कार्यसमिती र नवनियुक्त सल्लाहकारहरु उपस्थित थिए । सोही कार्यक्रममा भरतवन्धु थापालाई सद्भावना दूत पनि नियुक्त गरिएको थियो ।
पर्यटन देशव्यापी बनाउन कुनै कसर बाँकी नराख्ने संस्थाका महासचिव निशेष थापाले भने । कोषाध्यक्ष शकुन्तला देवकोटालगायत उपस्थित सबैले सहमति जनाए ।