977-1-4700575, 9841178197 (President)

चित्रे

चित्रे

, ,

Overview

स्याङजा, कास्की र पर्वतको संगम पञ्चासे लेक घुम्न लायक छ । बाला चर्तुदशीमा पञ्चासेमा मेला लाग्छ । त्यहाा शतबीज छर्न हजारौं पुग्छन् । पर्यटक भने वर्षैभरि डुल्छन् । किनकि त्यहााबाट धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, हिउाचुली, माछापुच्छ्ेर, लमजुङ र मनास्लु हिमालको लामो शृंखला देखिन्छ । सूर्योदय, सूर्यास्त र हिमाली दृश्यको दर्शन एकै थलोबाट । पञ्चासे (२,५१७ मिटर) क्षेत्र ७८४ देखि २,५१७ मिटर उचाइमा छ । त्यहाा सिद्धवराह, पञ्चशील बुद्ध, कुटी, बाराही मन्दिर, पञ्चकोसी ताललगायत सम्पदा छन् । पञ्चासे जैविक विविधताको भकारी हो । पर्वततिरबाट पञ्चासे उकालिने ठाउा चित्रेमा होमस्टे सुविधा छ । होमस्टेमा बसेर २ घन्टा उकालो चढे पञ्चासे टाकुरामा पुगिन्छ ।...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
स्याङजा, कास्की र पर्वतको संगम पञ्चासे लेक घुम्न लायक छ । बाला चर्तुदशीमा पञ्चासेमा मेला लाग्छ । त्यहाा शतबीज छर्न हजारौं पुग्छन् । पर्यटक भने वर्षैभरि डुल्छन् । किनकि त्यहााबाट धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, हिउाचुली, माछापुच्छ्ेर, लमजुङ र मनास्लु हिमालको लामो शृंखला देखिन्छ । सूर्योदय, सूर्यास्त र हिमाली दृश्यको दर्शन एकै थलोबाट । पञ्चासे (२,५१७ मिटर) क्षेत्र ७८४ देखि २,५१७ मिटर उचाइमा छ । त्यहाा सिद्धवराह, पञ्चशील बुद्ध, कुटी, बाराही मन्दिर, पञ्चकोसी ताललगायत सम्पदा छन् । पञ्चासे जैविक विविधताको भकारी हो । पर्वततिरबाट पञ्चासे उकालिने ठाउा चित्रेमा होमस्टे सुविधा छ । होमस्टेमा बसेर २ घन्टा उकालो चढे पञ्चासे टाकुरामा पुगिन्छ । मोदी गाउापालिका–८ चित्रे (१,७००का) हिमाली दृश्यावलोकनका लागि नाउा चलेको गाउा हो । त्यहााबाट आधा घन्टा दुरीमा सान दह छ जहाा हिमालको छायाा छर्लंग देखिन्छ । त्यसबाहेक हेर्न लायक राम्जाकोट छ । चित्रेमा गुरुङका ८ घरमा होमस्टे गराइन्छ । त्यहाा विसं २०६७ चैत १३ देखि होमस्टे सुरु गरिएको । माछापुच्छ्ेर विकास संघ र तारागाउा विकास समितिको सहयोगमा होमस्टे थालिएको । सााझ सामुदायिक भवनमा ठाडो भाका, सुनमाया, पञ्चै बाजा लगायत साास्कृतिक कार्यक्रम देखाइन्छ । कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि । पोखरा–डिमुवा ५६ किमि । डिमुवाबाट दक्षिणपूर्व चित्रे ७ किमि । डिमुवाबाट दिउसो २ बजे चित्रे जाने जीप छुट्छ । डिमुवाबाट हिाडेर जान २ घन्टा ।

सम्पर्क:
चित्रे सामुदायिक होमस्टे, पर्वत
सुशीलादेवी गुरुङ–९८४७७९१९८६
मधुसुदन अधिकारी– ९८४७६४६२१७