977-1-4700575, 9841178197 (President)

घले गाउँ

घले गाउँ

, ,

Overview

लमजुङको घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । क्होंलासोथर गाउापालिका–३ लाई घलेगाउा भनिन्छ । क्होंला गुरुङ समूदायको आदि भूमि हो । त्यहाा गुरुङका ८० र दलितका ४५ घर छन् । विसं ०५७ सालमा १२ घर बाट होमस्टे सुरु गरिएकामा आज ३२ घरमा होमस्टे गराइन्छ । दुई घर दलितका, बााकी गुरुङकोमा । होमस्टेमा एकै रात दुई सय जना अटाउाछन् । चौबिसे राज्यकालमा घले राजाले त्यहाा शासन गरेका थिए । तिनै राजाको सम्मानमा गाउामा घले राजाको मूर्ति बनाइएको छ । गाउामा उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा छन् । प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति र लोकल खानेकुरा पाइन्छ गाउामा । पानी,...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
लमजुङको घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । क्होंलासोथर गाउापालिका–३ लाई घलेगाउा भनिन्छ । क्होंला गुरुङ समूदायको आदि भूमि हो । त्यहाा गुरुङका ८० र दलितका ४५ घर छन् । विसं ०५७ सालमा १२ घर बाट होमस्टे सुरु गरिएकामा आज ३२ घरमा होमस्टे गराइन्छ । दुई घर दलितका, बााकी गुरुङकोमा । होमस्टेमा एकै रात दुई सय जना अटाउाछन् । चौबिसे राज्यकालमा घले राजाले त्यहाा शासन गरेका थिए । तिनै राजाको सम्मानमा गाउामा घले राजाको मूर्ति बनाइएको छ । गाउामा उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा छन् । प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति र लोकल खानेकुरा पाइन्छ गाउामा । पानी, बिजुली, सडक, लगायत आधारभूत आबश्यक्ताले पूर्ण छ गाउा । घरघरमा वाइफाई सुविधा छ । हिमाली दृश्यावलोकनका लागि समेत घलेगाउाले ख्याती कमाएको छ । त्यहााबाट चारैतिर माछापुच्छ्ेरदेखि लमजुङ हिमालसम्म देखिन्छ । खोला–नाला र पाखापखेरा देखिन्छ । घाटुसहित थरिथरिका नाच हेर्न पाइन्छ । पहिल्यै खबर गरेर आउने पाहुनालाई गाउाको प्रबेशद्वारमै फूलमालाले स्वागत गरिन्छ । कसरी पुग्ने : काठमाडौं–बेशिसहर १७२ किमि । काठमाडौंबाट बेशिसहरका लागि बस छुट्छन् । तिनले ५ घन्टामा गन्तव्य पुर्‍याउाछन् । बेशिसहर–घलेगाउा २४ किमि । बेशीसहरबाट जिप रिजर्भ गरेर गाउा जान सकिन्छ । बेशिसहर बाट हिाडेर जाादा ६ घन्टा लाग्छ ।

सम्पर्क:
ग्रामिण पर्यटन विकास समिति घलेगाउा, लमजुङ
प्रेम घले–९८५६०४५०१२
दीर्घ घले–९८४६१९३०६७