977-1-4700575, 9841178197 (President)

कालबाङ

कालबाङ

, ,

Overview

नेपथ्य व्याण्डका गायक अमृत गुरुङले लोकपप गायनलाई उचाइमा पुर्‍याए । तिनै साागीतिक नायकको गाउा कास्कीको कालाबाङ घरेडी हो । ढुागा र माटोबाट बनेको गुरुङको घरमा टिनको छाना छ । उनले प्रयोग गरेका सामान सजाएर संग्रहालय बनाउन सकिन्छ । पोखरा लेखनाथ उपमहानगरपालिका–२५ मा पर्ने कालाबाङमा गुरुङ, दलित र बाहुनका १५६ परिवार बस्छन् । बस्ती माथिको चक्र हाल्ने डााडाबाट फेवाताल, पोखरा उपत्यका र हिमाल एकैसाथ देखिन्छ । धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्ेरदेखि मनास्लु हिमालसम्मको दर्शन मिल्छ । त्यो डााडाबाट पामे बजार पदयात्रा गर्न डेढ घन्टा लाग्छ । गाउामा तीन वटा शिवालय र एउटा गुम्बा छन् । त्यहाा ग्रामिण जीवनशैलीमा भुल्न पाइन्छ । खेतीपाती गरेको,...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
नेपथ्य व्याण्डका गायक अमृत गुरुङले लोकपप गायनलाई उचाइमा पुर्‍याए । तिनै साागीतिक नायकको गाउा कास्कीको कालाबाङ घरेडी हो । ढुागा र माटोबाट बनेको गुरुङको घरमा टिनको छाना छ । उनले प्रयोग गरेका सामान सजाएर संग्रहालय बनाउन सकिन्छ । पोखरा लेखनाथ उपमहानगरपालिका–२५ मा पर्ने कालाबाङमा गुरुङ, दलित र बाहुनका १५६ परिवार बस्छन् । बस्ती माथिको चक्र हाल्ने डााडाबाट फेवाताल, पोखरा उपत्यका र हिमाल एकैसाथ देखिन्छ । धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्ेरदेखि मनास्लु हिमालसम्मको दर्शन मिल्छ । त्यो डााडाबाट पामे बजार पदयात्रा गर्न डेढ घन्टा लाग्छ । गाउामा तीन वटा शिवालय र एउटा गुम्बा छन् । त्यहाा ग्रामिण जीवनशैलीमा भुल्न पाइन्छ । खेतीपाती गरेको, धान काटेको, दाइा हालेको, भैंसी दुहेको, दही मोथेको, गोरु जोतेको दृश्य सामान्य हुन् । गाउाले धान, कोदो, मकै, गहुा, जौ, तोरी, आलु, काउली, बन्दा, साग, लसुन, केरा, अम्बा, कागती, निबुवा आदि फलाउाछन् । अग्र्यानिक कफिको चुश्कि पनि लिन पाइन्छ । विसं २०७१ चैतदेखि गाउाका १८ घरमा होमस्टे सुरु गरिएको छ । बाहुनका ६, गुरुङको ११ र दलितको १ घरमा । एशियन फोरमले उनीहरुलाई सघाएको छ । साास्कृतिक कार्यक्रममा बाहुनको भजन, गुरुङको नाचगान र विद्यार्थीको नृत्य देखाइन्छ । कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि । पोखराको लेकसाइडबाट १२.५ किमिमा कालाबाङ । सिद्धार्थ राजमार्गको स्याङ्जा जाने सडकमा बिरौटाबाट ८ किमि दुरीमा तिलहार । तिलहारबाट राजमार्ग छाडेर २.५ किमि भित्र उकालो चढे गाउा ।

सम्पर्क:
कालाबाङ सामुदायिक होमस्टे, कास्की
प्रकाश गुरुङ– ९८४६०४१८०५
रविन्द्र गुरुङ–९८५६०५७५२१