पुरानोकोट
, ,
Overview
लमजुङको पुरानोकोट (१,९५० मिटर) ऐतिहासिक थलो । चौबीसे राज्यको एउटा राज्य थियो लमजुङ । इतिहास अनुसार कालु शाह लमजुङका राजा भएका थिए । लमजुङेले कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङकोटमा राजा बनाएका थिए । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारियो । पुरानोकोटमा भग्नाबशेष छन् । कालुको हत्या पछि उनकै कान्छा भाइ यशोब्रह्मलाई कास्कीबाट ल्याएर पुरानोकोट गद्दीमा बसाइयो । उनले गाउासहर र बेसीसहरमा दरबार बनाए । पुरानोकोट गढी मुन्तिर पुरानोकोट गाउा छ । बेसिशहर नगरपालिका–४ पुरानोकोटमा ११६ घर धुरी छन् । ती मध्ये ५ घर दलितका, बााकी गुरुङका । च्वाइस नेपालको सहयोगमा ०६८ सालदेखि गाउामा होमस्टे गराउन थालियो । अचेल...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location