977-1-4700575, 9841178197 (President)

सिरुबारी

सिरुबारी

, ,

Overview

गाउा पर्यटनको इतिहासमा सिरुबारीको नाउा सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउा हो सिरुबारी । स्याङजाको आाधिखोला गाउापालिका–१ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ । त्यहाा गुरुङका ३९ घर छन् जहाा १७ घरमा होमस्टे सुविधा छ । गाउामा गुरुङ जीवनशैली र साास्कृतिक कार्यक्रममा रमाउन सकिन्छ । गाउाको सिरानमा रहेको गोरुजुरे डााडाबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्ेरे हिमालको सुन्दर दृश्य देखिन्छ । सूर्योदय र सूर्यास्तका बेला मनमोहक देखिन्छन् हिमाल । गाउालेपन बााचेको छ सिरुबारीमा । होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाटै भएको हो । नेपालमा होमस्टे सृुविधासहित गाउा पर्यटन अवधारणा व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् । विसं १९८७ भदौ...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
गाउा पर्यटनको इतिहासमा सिरुबारीको नाउा सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउा हो सिरुबारी । स्याङजाको आाधिखोला गाउापालिका–१ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ । त्यहाा गुरुङका ३९ घर छन् जहाा १७ घरमा होमस्टे सुविधा छ । गाउामा गुरुङ जीवनशैली र साास्कृतिक कार्यक्रममा रमाउन सकिन्छ । गाउाको सिरानमा रहेको गोरुजुरे डााडाबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्ेरे हिमालको सुन्दर दृश्य देखिन्छ । सूर्योदय र सूर्यास्तका बेला मनमोहक देखिन्छन् हिमाल । गाउालेपन बााचेको छ सिरुबारीमा । होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाटै भएको हो । नेपालमा होमस्टे सृुविधासहित गाउा पर्यटन अवधारणा व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् । विसं १९८७ भदौ १२ गते सिरुबारीमा जन्मेका गाउा पर्यटनका नायक रुद्रमानको १५ फागुन ०७२ मा निधन भयो । उनले २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउा बनाउने सपना देखेका थिए । तर, धेरै समय लाग्यो । ०४८ सालदेखि पूर्वाधार विकासमा जोड दिए । र, ०५४ असोजदेखि होमस्टे सुरु गरियो । गुरुङ संस्कृतिका लागि सिरुबारी । गाउालेहरु आत्मिय व्यवहारकासाथ अग्र्यानिक खाना खुवाउाछन् । आज सिरुबारी गाउा होमस्टे पाठशालाका रुपमा स्थापित भैसकेको छ । कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि । पोखराबाट सिरुबारीसम्म गाडि चल्छ । पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि छ । पोखराको पृथ्वीचोकबाट बिहान १०:३०, ११ र दिउसो १ बजे बस छुट्छन् । तिनले ५ घन्टामा गन्तव्य पुर्‍याउाछन् ।

सम्पर्क
पर्यटन विकास समिति सिरुबारी, स्याङजा
जुम गुरुङ–९८४६१५९३८८
लिलजंग गुरुङ–९८१७१७७४४७