977-1-4700575, 9841178197 (President)

ठिनी

ठिनी

, ,

Overview

मुस्ताङको सदरमुकाम जोमसोम पर्तिर निलगिरि हिमालको फेदमा ठिनी गाउा छ । घरपझोङ गाउापालिका–५ मा पर्छ गाउा । थकाली समूदायको आदिभूमी । त्यहाा थकालीका सय घर छन् । कालीगण्डकी किनारमा उब्जाइएका खेती बाली र स्याउ बगान हेर्दै गाउा पुग्दा आनन्द हुन्छ । आत्मिय गाउाले । मिठो खाना । मनाङको तिलिचो ताल भएर मेसोकान्तो भञ्ज्याङ पार गरेर ओर्लिादा ठिनी गाउा पुगिन्छ । मुक्तिनाथ मन्दिरबाट लुब्रा हुादै ठिनीको ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्ने बैकल्पिक पदमार्ग छ । गाउामा कुछप तेरेङगा गुम्बा छ । गुम्बामा गुरु पद्मसंभवले प्रयोग गरेका केही सामान सुरक्षित छन् । उनको कपडा, जुत्ता र कपाल त्यहाा छ । ठिनी...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
मुस्ताङको सदरमुकाम जोमसोम पर्तिर निलगिरि हिमालको फेदमा ठिनी गाउा छ । घरपझोङ गाउापालिका–५ मा पर्छ गाउा । थकाली समूदायको आदिभूमी । त्यहाा थकालीका सय घर छन् । कालीगण्डकी किनारमा उब्जाइएका खेती बाली र स्याउ बगान हेर्दै गाउा पुग्दा आनन्द हुन्छ । आत्मिय गाउाले । मिठो खाना । मनाङको तिलिचो ताल भएर मेसोकान्तो भञ्ज्याङ पार गरेर ओर्लिादा ठिनी गाउा पुगिन्छ । मुक्तिनाथ मन्दिरबाट लुब्रा हुादै ठिनीको ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्ने बैकल्पिक पदमार्ग छ । गाउामा कुछप तेरेङगा गुम्बा छ । गुम्बामा गुरु पद्मसंभवले प्रयोग गरेका केही सामान सुरक्षित छन् । उनको कपडा, जुत्ता र कपाल त्यहाा छ । ठिनी क्षेत्रको अर्को बिशेषता हिउा चितुवा । तिलिचो बेस क्याम्प नमखुलेकतिर हिउाचितुवाको बसोबास छ । दृश्यावलोकनका लागि यारुझु भ्यू प्वाइन्ट छ । पर्यटक तान्ने अर्को आकर्षण हो ढुम्बा ताल छ । गाउाका १० घरमा होमस्टे सुविधा छ । फर्कंदा स्याउ, स्याउको सुकुटी, जिम्बु, शालीग्राम, खुर्पानीको सकुटी, आलु, ब्राण्डी, सिमी कोसेली ल्याउन सकिन्छ । कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमि । बसमा ९ घन्टा । बेनी–जोमसोम ७५ किमि । अथवा पोखरा–जोमसोम उडान १८ मिनेट । जोमसोम–ठिनी २ किमि । जोमसोम–मुक्तिनाथ २२किमि । ठिनीसम्मै मोटर बाटो छ । जोमसोमबाट हिाडेर जाादा ३० मिनेटमा ठिनी ।

सम्पर्क:
ठिनी सामुदायिक होमस्टे, मुस्ताङ
निरज थकाली –९८५७६५०३११
सोमप्रसाद थकाली–९८४७६३७९०१